काठमाडौं । नायक राजेश हमालले कृषिमा आधारित गेम रियालिटी शो ‘र’को होस्ट गर्ने भएका छन् । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा यो शोको लागि आवेदन खुल्ला गरिएको पनि जानकारी दिइयो ।तिनै तहका सरकारहरूसँग साझेदारी गर्दै हालसम्म विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थासँग रियालिटी शोका लागि साझेदारी भएको आयोजकले बताएको छ ।यो शोमा व्यवसायीक किसान, वीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने बताइएको छ । १६ भागमा यो कार्यक्रम प्रशारण हुनेछ । आयोजकले ‘समृद्धिको लागि नयाँ दृष्टि’को नाराको साथ कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य श्रृङ्खलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ ।
