
अष्ट्रेलिया — Coles र Woolworths मा करिब ३०,००० कर्मचारीहरूलाई प्रभाव पारेको भनिएको व्यापक तलब कम भुक्तानी (underpayment) को आरोप दुई वर्ष लामो मुद्दा सुनेर पनि अझै समाधान भएको छैन।
संघीय अदालतले आज सुपरमार्केट जायन्टहरूमाथि दायर चारवटा मुद्दामाथि फैसला सुनाएको छ। watchdog ले धेरै स्टोरहरूमा अवैध गतिविधिलाई मौन समर्थन गरिएको आरोप लगाएको थियो।
रकम फिर्ता
Woolworths र Coles ले तलब कम पाएका कर्मचारीलाई ठूलो रकम फिर्ता गरेका छन्। Woolworths ले ३३० मिलियन डलर र Coles ले ७ मिलियन डलर व्यवस्थापकहरूलाई तिर्ने गरी फिर्ता गरेका हुन्। यी व्यवस्थापकहरू तलबदार कर्मचारीको रूपमा पाउने सम्पूर्ण सुविधा र हकअनुसारको रकम नपाएकाले फिर्ता गरिएको हो।
थप भुक्तानीको माग
तर, Fair Work Ombudsman र दुईवटा class actions मार्फत अघि आएका पूर्वकर्मचारीहरूले अझै पनि यी सुपरमार्केटहरूलाई थप भुक्तानी तिर्न बाध्य गरिनु पर्ने माग गरेका छन्। watchdog को दाबी अनुसार सम्बन्धित award ले ३८ घण्टे कार्यसप्ताह स्पष्ट रूपमा तोकेको भए पनि नियमित रूपमा कर्मचारीलाई overtime गर्न मौन स्वीकृति दिइएको थियो।
यससँगै, “informal” roster को प्रयोग, समयबाहेक काम गरेबापत छुट्टी (time off in lieu), overtime, भत्ता र अन्य सुविधा सम्बन्धी अभिलेख (record-keeping) राख्नमा असफलता देखिएको आरोप लगाइएको छ।
कम्पनीहरूको बचाउ
Woolworths ले भने केही कर्मचारीहरूलाई हप्तामा ४५ घण्टा काम गर्न अधिकार दिइएको थियो र त्यसबाहेक overtime गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरेको छ। Coles ले व्यवस्थापकहरूले आफ्ना कार्यघण्टा आफैं निर्धारण गर्ने स्वतन्त्रता पाउने भएकाले Fair Work Ombudsman ले अनुमान गरेको काम गर्ने घण्टा र दिनहरू अत्यधिक देखाइएको तर्क गरेको छ।
अदालतको निर्णय
शुक्रबार न्यायाधीश Nye Perram ले दुवै सुपरमार्केट चेनले कर्मचारीहरूको कामसम्बन्धी अभिलेखहरू सही तरिकाले राख्न असफल भएको ठहर गरेका छन्। उनका अनुसार Coles ले व्यवस्थापकहरूका लागि overtime प्रणाली सञ्चालन गर्न असफल भएको र clocking records पनि अविश्वसनीय रहेको देखिएको छ।
एक प्रमुख litigant, जसले प्रायः ग्राहक सेवा डेस्क व्यवस्थापन गर्ने गर्थिन्, उनले तालिकामा उल्लेख नभएका दिनमा समेत काम गरेको प्रमाणित भएको न्यायाधीशले बताए। त्यसैले roster sheet हरू कर्मचारीले वास्तविक काम गरेका घण्टाको सही प्रतिबिम्ब नभएको ठहर गरिएको छ।
यो प्रकरणले अष्ट्रेलियाका सबैभन्दा ठूला खुद्रा पसल चेनहरू Coles र Woolworths माथि थप दबाब सिर्जना गरेको छ। करिब ३०,००० कर्मचारी प्रभावित भएको भनिएको यो तलब कम भुक्तानी प्रकरणको अन्तिम टुंगो भने अझै बाँकी छ।






