
एडिलेड । नयाँ अनुसन्धानले गर्भावस्थामा हुने अत्यधिक वान्ता र मतली nausea and vomiting(Hyperemesis Gravidarum – HG) ले अस्ट्रेलियन महिलामा पार्ने गम्भीर मानसिक र शारीरिक असरलाई उदांगो पारेको छ।
Flinders University को अध्ययनअनुसार Extreme Morning Sickness भोग्ने करिब आधा महिलाले गर्भपतन गर्नेबारे सोच्ने गरेको पाइएको छ। करिब ३०० महिलामा गरिएको सर्वेक्षणमा आधाभन्दा बढीले HG का लक्षणका कारण गर्भपतन विचार गरेको देखिएको छ।
मानसिक स्वास्थ्यमा गहिरो असर
सर्वेक्षणमा सहभागी महिलामध्ये ६० प्रतिशतभन्दा बढीले गर्भावस्थाका दौरान आफूहरू प्रायः चिन्तित वा डिप्रेस्ड महसुस गर्ने गरेको बताएका छन्। त्यस्तै, ९० प्रतिशतले अर्को पटक गर्भधारण नगर्ने विचारसम्म ल्याएको पाइएको छ।
Hyperemesis Australia की संस्थापक तथा अध्ययनकी सह–लेखक Caitlin Kay-Smith का अनुसार, “HG लाई अब गर्भावस्थाको सामान्य भाग भनेर खारेज गर्न सकिँदैन। यो जीवन परिवर्तन गर्ने अवस्थासमेत हुन सक्छ,” उहाले भन्नुभयो ।
दैनिकीमा गम्भीर प्रभाव
HG का कारण आधाभन्दा बढी महिलाले आफ्नो काम, बच्चाहरूको हेरचाह, पारिवारिक सम्बन्ध र दैनिक गतिविधिमा ठूलो समस्या भोगेको जनाएका छन्। त्यस्तै, करिब एक तिहाई महिलाले लक्षण चाँडै अन्त्य गर्न आफूलाई समयभन्दा अघि गर्भपतन (Induced Labour) गर्नसमेत आग्रह गरेको पाइएको छ।
Lead Author Associate Professor Luke Grzeskowiak ले भने, “HG केवल मर्निङ सिकनेस मात्र होइन। यसले महिलाको मानसिक स्वास्थ्य, सम्बन्ध र भविष्यमा गर्भधारण गर्ने निर्णयसम्मलाई प्रभावित गर्छ। यसलाई बेवास्ता गर्न मिल्दैन।”
उपचार अप्रभावकारी र दुष्प्रभावयुक्त
सर्वेक्षणमा सहभागी करिब आधा महिलाले उपलब्ध उपचार प्रभावकारी नभएको जनाएका छन्। प्रचलित औषधि जस्तै ondansetron, doxylamine र corticosteroids प्रयोग गर्दा धेरै महिलाले गम्भीर दुष्प्रभाव भोगेको बताएका छन्।
त्यस्तै, metoclopramide औषधि सेवन गर्ने मध्ये करिब एक तिहाई महिलाले दुष्प्रभावकै कारण प्रयोग गर्न छोडेको देखिएको छ। “महिलाहरूलाई लक्षण नियन्त्रण गर्न विभिन्न औषधि दिइन्छ तर तीमध्ये धेरै औषधिले आफ्नै समस्या थपिदिन्छन्,” Grzeskowiak ले बताउनुभयो ।
व्यक्तिगत उपचारको माग
Kay-Smith का अनुसार HG को उपचारमा अब ‘One-size-fits-all’ दृष्टिकोणको अन्त्य हुनुपर्छ। प्रत्येक महिलाको अवस्थाअनुसार व्यक्तिगत उपचारको व्यवस्था हुनुपर्ने उहाको भनाइ छ।
Hyperemesis Australia र Adelaide विश्वविद्यालयअन्तर्गतको Robinson Research Institute ले HG र यसको उपचारबारे थप अनुसन्धान र लगानी आवश्यक रहेको आग्रह गरेका छन्।
HG ले महिलाहरूलाई मानसिक, शारीरिक र सामाजिक रूपमा ठूलो असर पुर्याइरहेको यो अध्ययनले स्पष्ट देखाएको छ। गर्भावस्थामा हुने सामान्य समस्या ठानेर बेवास्ता नगरी, महिलाहरूलाई आवश्यक सहयोग, अनुसन्धान र प्रभावकारी उपचारको पहुँच दिलाउनुपर्ने माग चर्किँदै गएको छ।






