नाडा अटो सो २०२५ : ५ दिनमै १ लाख ४९ हजार ८८१ दर्शक,विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न

    काठमाडौं । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको बताइएको छ। यस वर्ष, केवल ५ दिनमै १ लाख ४९ हजार ८८१ दर्शकले अवलोकन गरिसकेको नाडाले जनाएको छ । यो तथ्यांकले आम जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्छन भन्ने प्रष्ट भएको छ।

    नाडा अटो शो को हिजो पाँचौ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले प्रदर्शनीको अवलोकन गरेका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दिप क्षेत्रीले नाडा अटो शो २०२५ को अवलोकन गरेका छन् ।

    The current image has no alternative text. The file name is: 3-1024x687-1.png

    नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गर्दै आएको जनाएको छ । यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि सडक र यातायात तथा मेड इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सडक र यातायात विषयमा भएको छलफल कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपाली, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्मा र नाडा सदस्य प्रकाश कपुरी सहभागी थिए । सो कार्यक्रमको सञ्चालन नेपाल अटो डटकमका सल्लाहकार सम्पादक एकराज सुवेदीले गरेका थिए ।

    त्यसैगरी मेड इन नेपाल विषयमा भएको अन्तरक्रिया कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, सचिव बिक्रम सिंघानिया र यामाहा नेपालका सीईओ दिपक अग्रवाल सहभागी भएका थिए । सो कार्यक्रमको सञ्चालन आर्थिक आवाज डटकमका सम्पादक सुरेन्द्र पौडेलले गरेका थिए ।

    The current image has no alternative text. The file name is: 2-1024x693-1.png

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले यी उपलब्धिहरुलाई एउटा शुभारम्भको रूपमा लिएको अध्यक्ष करण चौधरीले बताए । उनले भने – यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।

    उनले भने – यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि भएको बताइएको छ।