अष्ट्रेलियामा ‘Single Mother’ बढ्दै

spot_img

सिड्नी (अष्ट्रेलिया)।अष्ट्रेलियामा ‘Solo Motherhood’ अर्थात् आफ्नै निर्णयमा आमा बन्ने महिलाको संख्या निरन्तर बढ्दै गएको छ। अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (ABS) का अनुसार २०२४ जुनसम्म अष्ट्रेलियामा करिब १२ लाख (१,२०३,९००) एकल अभिभावक परिवार रहेका छन्, जुन २०२१ मा करिब ८ लाख ६४ हजार थियो। यसले अष्ट्रेलियामा एकल आमाबाबु परिवारको उल्लेख्य वृद्धि भएको देखाउँछ।यसले देखाउँछ कि अष्ट्रेलियामा विवाह वा सम्बन्धबाहेक पनि आफ्नै निर्णयमा आमा बन्ने प्रवृत्ति बढिरहेको छ।

सामाजिक दृष्टिकोणमा आएको परिवर्तन, सहायक प्रजनन प्रविधि (Assisted Reproductive Technology – ART) मा सहज पहुँच, र अनलाइन सपोर्ट प्रणालीहरूले यस प्रवृत्तिलाई थप बल पुर्‍याएका छन्।

Claireको विशेष यात्रा

यस्तै उदाहरण हुन् Claire Steinke। उहा २९ वर्षको उमेरमा एन्डोमेट्रियल क्यान्सरबाट पीडित हुनुभयो। डाक्टरहरूले सुरुमा गर्भाशय हटाउने सल्लाह दिए पनि उहाँले मातृत्वको सपना त्याग्न तयार सक्नुभएन। नौ महिना हर्मोन थेरापीपछि उहाँले विवाह वा सम्बन्ध खोज्ने सट्टा Intrauterine Insemination (IUI) प्रक्रियाबाट आमा बन्ने निर्णय गर्नुभयो।

तेस्रो प्रयासमै उहा गर्भवती हुनुभयो र २६ हप्तामै छोरा जन्मियो। अकाल जन्मेका उहाका छोरालाई लामो समय NICU मा राख्नुपर्‍यो। Claire भन्नुहुन्छ, “यो यात्रा कठिन थियो, कहिलेकाहीँ एक्लोपनको भारी महसुस भयो, तर आमा बन्ने निर्णयमै सन्तोष छ।” उहाँले पाँच वर्षपछि सोही प्रक्रियाबाट छोरीलाई जन्म दिनुभयो।

चुनौतीहरू अझै विद्यमान

एकल आमाहरूको वास्तविकता भने सजिलो छैन। Council of Single Mothers and their Children (CSMC) को सर्वेक्षणअनुसार, ८७ प्रतिशत एकल आमाले आफ्नो दीर्घकालीन वित्तीय सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।
त्यस्तै, वार्षिक HILDA सर्वेक्षणले २०११ मा २२ प्रतिशतमा सीमित मानसिक स्वास्थ्य समस्या २०२२ सम्म बढेर ३८ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ।

Claire भन्नुहुन्छ, “कहिलेकाहीँ अभिभावकत्वका ठूला निर्णय अरूसँग बाँड्न सक्ने भए सजिलो हुन्थ्यो, तर मलाई सबै कुरा आफैं निर्णय गर्नुपर्‍यो।”

समाजमा बढ्दो स्वीकार्यता

२० वर्षअघिसम्म सोलो आमा बन्ने कुरा सामाजिक रूपमा सहज थिएन। तर अहिले भने समाजले यसलाई खुलेर स्वीकार्न थालेको छ। ART प्रविधि, अनलाइन सपोर्ट ग्रुप, र सचेतना कार्यक्रमहरूले महिलालाई आफ्नो निर्णय अनुसार मातृत्व रोज्न प्रोत्साहन दिइरहेका छन्।

मेलबर्न फर्टिलिटी एक्स्पो जस्ता कार्यक्रममा Solo Mum Society की अलिसा बर्न्स जस्ता वक्ताहरूले किन महिलाहरू सोलो मदरहुड रोजिरहेका छन् भन्नेबारे अनुभव र दृष्टिकोण बाँड्ने गरेका छन्।

अझै आवश्यक पारदर्शिता

सामाजिक स्वीकृति बढे पनि अझै सुधारको आवश्यकता रहेको। उहाका अनुसार ART प्रक्रियाबारे पर्याप्त जानकारी खुलेर उपलब्ध छैन। “सिंगल भएकै कारण बच्चा पाउन नदिने निर्णय कसैले गर्नु हुँदैन। यो व्यक्तिगत हक हो,” उहाले भन्नुभयो।

उहाका अनुसार “यदि आमा बन्ने अधिकार खोसिएको भए मेरो जीवन अधुरो हुने थियो।”

अष्ट्रेलियामा Solo Motherhoodको संख्या बढ्नु सामाजिक संरचना र चेतनामा आएको ठूलो परिवर्तनको द्योतक हो। Claireजस्ता महिलाले देखाएका साहसिक यात्राले अरु धेरैलाई प्रेरित गरिरहेको छ। तर आर्थिक सुरक्षादेखि मानसिक स्वास्थ्यसम्मका चुनौती अझै विद्यमान छन्, जसका लागि नीतिगत सुधार र अझ पारदर्शी सूचना प्रणाली आवश्यक देखिन्छ।

Advertisement