‘सुपर ८’ मा भारतको लगातार दोस्रो जित, बंगलादेश ५० रनले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा भारत विजयी भएको छ । गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो ।

भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।

भारत समूह ‘एक’ को शीर्ष स्थानमा छ । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो । यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

उपाधि दाबेदार भारतसँग पराजित हुँदै बंगलादेश भने आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बाहिरिएको छ।