सुनको मूल्य तोलामा एक हजार सात सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

spot_img

    काठमाडौं । आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलाको १७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।