“अमेरिकामा अष्ट्रेलियन पत्रकारमाथि रबर बुलेट प्रहार: अल्बानीजले मागे कडा जवाफ”

अमेरिकाको लस एन्जलसमा भइरहेको आप्रवासन विरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेकी अष्ट्रेलियन समाचार संस्था 9 NEWS की अमेरिकी संवाददाता लरेन टोमासीमाथि प्रहरीले रबर बुलेट प्रहार गरेको घटना सार्वजनिक भएपछि अष्ट्रेलियाली प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय सञ्चार समुदायसम्म गम्भीर प्रतिक्रिया व्यक्त गरिएको छ।

टोमासीले आइतबार साँझ लस एन्जलसस्थित एक आप्रवासन डिटेन्सन सेन्टरबाहिर प्रत्यक्ष प्रसारण सकाएर फर्किंदै गर्दा, एक अधिकारीले नजिकबाट बन्दुक ताकेर रबर बुलेट प्रहार गरेका थिए। उनले चिच्याउँदै प्रतिक्रिया जनाएको उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त घटनाले अन्तर्राष्ट्रिय स्तरमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि बहस उब्जाएको हो।अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार नेशनल प्रेस क्लबमा पत्रकारहरूसँग कुरा गर्दै उक्त घटनाको तीव्र निन्दा गरेका छन्।
“टोमासी स्पष्ट रूपमा पत्रकार भनेर चिनिने पोशाकमा थिइन्,” उनले भने, “यसमा कुनै अन्योल थिएन। प्रहरीको उक्त व्यवहार पूर्णतः आपत्तिजनक र उपेक्ष्य छ। देखिन्छ कि यो सुनियोजित आक्रमण हो ।”

Advertisement

अल्बानीजले अमेरिकी प्रशासनसँग यो विषयमा आधिकारिक रूपमा चासो व्यक्त गरिसकेको जानकारी दिएका छन्। यद्यपि उनले आगामी G7 सम्मेलनमा अमेरिकी राष्ट्रपति ड़ोनाल ट्रंप सँग यसबारे प्रत्यक्ष कुरा हुनेबारे खुलेर केही नबताएका हुन्।
“राष्ट्रपतिसँगका वार्ताहरू कूटनीतिक र गोपनीय प्रकृतिका हुन्छन्,” उनले भने।टोमासीले आफ्नै समाचार संस्था 9News को सन्ध्या बुलेटिनमा आफूमाथि भएको घटनाबारे जानकारी दिँदै आफू सामान्य घाइते भए पनि सुरक्षित रहेको बताइन्।
“म ठिक छु। मेरो क्यामेराम्यान जिमी र म दुबै सुरक्षित छौं। तर लस एन्जलसको सडक आज निकै तनावपूर्ण थियो,” उनले भनिन्। प्रहरीको उक्त प्रहार स्थानीय प्रहरी (LAPD) ले गरेको हो वा संघीय निकायमार्फत भएको हो भन्ने अझै प्रस्ट भइसकेको छैन।
घटनापछि LAPD ले सुरुआतमा कुनै प्रतिक्रिया नदिए पनि पछिल्लो जानकारीअनुसार आन्तरिक छानबिन प्रक्रिया सुरु गरिएको बताइएको छ।घटनापछि अष्ट्रेलियामा पत्रकार सुरक्षासम्बन्धी बहस चर्किएको छ।
मानवअधिकार संस्था,पत्रकार महासंघ र राजनीतिक नेताहरुले प्रधानमन्त्रीलाई अमेरिकी प्रशासनसँग कडा रूपमा कुरा गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री अल्बानीजले टोमासीसँग टेलिफोन सम्पर्कमा आफूले कुराकानी गरेको उल्लेख गर्दै उनले “मजबुत र आत्मविश्वासी” प्रतिक्रिया दिएकी बताएको छ।

spot_img