कारोबारको चौंथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.६९ अंकले घटे २६६४.४७ को विन्दुमा बन्द भएको छ। पछिल्लो दुई कारोबारकाे दिन बढेकाे बजार यस दिन भने घटेर बन्द भएकाे छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक घटेकाे छ ।
