एकैपटक ६४ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली, १२ सय ७० करोडको योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो ।

प्रधानमन्त्री ओली जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेसको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक–एक सडक गरी ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् ।कूल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डीपीआरसमेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।

मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

spot_img