अष्ट्रेलियामा दुई नेपाली युवाको चम्किलो सफलता ; कमल र चेतनारायणले पाए एकैसाथ अवार्ड!

अस्ट्रेलियाको तास्मानिया राज्यमा बस्दै आएका दुई नेपाली युवाले एकैपटक अवार्ड जितेर नेपाली समुदायलाई गर्व गराएका छन् । सम्मानित बन्नेमा कमल भण्डारी र चेतनारायण सापकोटा रहेका छन् ।कमल भण्डारीले Raw Strength Tasmania-sports in the Community Award 2025 प्राप्त गरेका छन् भने चेतनारायण सापकोटाले People’s Choice Award 2025 जितेका छन् ।

कमल भण्डारी हाल तास्मानियन क्रिकेट नेप्लिज एशोसियनका अध्यक्ष हुन् । सन् २०२१ मा तास्मानिया पुगेका उनले नेपाली युवाहरुलाई खेलकुदमा संगठित गर्न ‘नेप्लिज प्रिमियर लिग ‘ सुरु गरेका थिए । यसअघि उनले Cricket Tasmania बाट Volunteer of the yearको उपाधि पनि प्राप्त गरिसकेका छन् ।
त्यसैगरी अर्का अवार्ड जित्न सफल नेपाली युवा चेतनारायण सापकोटा हाल Statewide Mental Health Service ,Tasmania मा Clinical Nurse Consulant को रुपमा कार्यरत छन् । उनले नेतृत्व गरेको Rapid Access Service परियोजनाले ग्रामिण भेगमा रहेका डीमेन्सिया भएका वृद्वहरुलाई छिटो र प्रभावकारी सेवा पुर्याउने काम गरिरहेको छ ।उनि Admire Caremate Support Service नामक संस्थाका संस्थापक तथा CEO पनि हुन् ,जुन संस्थाले अपांगता भएका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्वेश्यको रुपमा काम गर्दै आएको छ ।
दुवै युवाले आ -आफ्नो क्षेत्रमा समर्पण नेतृत्व र सेवामार्फत नेपाली समुदायको नाम उज्यालो बनाएका छन् ।खेलकुद र स्वास्थ्य सेवा जस्ता बेग्लाबेग्लै क्षेत्रका यी युवाहरु नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् ।

Advertisement