लिबरल पार्टीले नेशनल्सका चार नीतिगत मागहरुमा सहमति जनाएपछि गठबन्धनको विभाजन लगभग समाप्त हुने निश्चित छ ।
जसले गर्दा लामो समयदेखि चलिरहेको राजनीतिक गठबन्धन नविकरणको लागि भने बाटो खुलेको छ । नेशनल्सका नेता डेभिड लिटरप्राउडले गठबन्धन सम्झौता नवीकरण नहुने घोषणा गरेको तिन दिनपछि ,लिबरल सांसदहरु र सिनेटरहरुले पार्टी कोठाको बैठकमा आणविक उर्जा , बहु -अरब डलरको क्षेत्रीय लगानी ,क्षेत्रीय फोन कभरेज , र सुपरमार्केट विनिवेश शक्तिहरु वरिपरिका टासिने बुँदाहरुलाई सैद्वान्तिक समर्थन प्रदान गर्न सहमत भए । त्यसको फलस्वरूप ,लिटिलप्राउडले हिजो नेशनल्सका फ्रन्टबेन्चरहरुलाई छाँया क्याबिनेट एकताबाट मुक्त गर्ने आफ्नो मागमा हट्न सहमत भएपछि यस्तो भएको हो ।
लिबरलहरुले चुनावमा गठबन्धनले लिएको भन्दा आणविक विषयमा बढी कमजोर अडानमा सहमति जनाएका छन् । देशभर सातवटा पावर प्लान्ट निर्माण गर्नुको सट्टा आणविक उर्जामाथिको राष्ट्रमण्डल प्रतिबन्ध हटाउने कुरामा हुनेछ ।
विपक्षी नेता सुसान ले र लिटिलप्राउड बिचको वार्ता जारी रहँदा , दुवै पक्षका सहुलियतहरुले आउँदो दिनहरुमा गठबन्धन सम्झौतामा आधिकारिक रुपमा हस्ताक्षर हुन् सक्छ ,र संसद पुन : सुरु हुनु अघि लिबरल र राष्ट्रिय सांसदहरु मिलेर बनेको छाँया मन्त्रिपरिषद् अनावरण गरिनेछ ।






