क्यानबेरा,नेपालवाट अष्टेलियामा अध्ययन गर्न आएका नेपाली विधार्थीहरुको भेला ले मनोस्वास्थ्य र सामाजिक समस्या कम गर्ने उद्धेश्यले चितवन सिड्नी बोइज नामक संस्था गठन गरेको छ । निशान पौडेलको अध्यक्षतामा चितवन सिड्नी बोइज नामक संस्था गठन गरेको हो । संस्थाको उपाध्यक्षमा सागर प्रसाई,सचिवमा शेखर बस्नेत र कोषाध्यक्षमा सुजन बानियाँ रहेको चितवन सिड्नी बोइज नामक संस्थाले जनाएको छ ।
संस्थाको सल्लाहकारहरुमा प्रतिरोध प्रसाई, विश्व सुवेदी, हेमन्त लामीछाने, जयन थापा,सुदीप सुनार,सक्षम सुवेदी,किस्मत,जेनिथ खड्का रहेका छन् ।नेपालको चितवनबाट अष्ट्रेलिया आएका सबै दाजुभाई, दिदीबहिनीहरूलाई संस्थामा आबद्ध हुन अध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ । अध्यक्ष पौडेलले भन्नु भयो–‘विद्यार्थी जीवनमा भोगिने समस्या तत्काल कसैसँग बाँड्न सकिने वातावरण बनाउनु हाम्रो मुख्य लक्ष्य हो । अहिलेसम्म ८० भन्दा बढी सदस्य आबद्ध भइसकेको बुझीएको छ ।

विद्यार्थी जीवनमा भोगिने मानसिक दबाव,संस्कृतिगत अन्तर,एक्लोपनजस्ता विषयमा छलफल गर्न सकिने वातावरण बनाउने तथा मेन्टल हेल्थ सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने संस्थाले जनाएको छ । हालै दर्ता प्रक्रिया सम्पन्न गरेको संस्थाले चितवन जिल्लाबाट अष्ट्रेलिया आएका युवा–युवतीहरूलाई एक आपसमा जोड्ने र आवश्यकताअनुसार सहयोग पु¥याउने अभियान थालेको छ ।






