अष्ट्रेलियन सरकारले सुंगुरजन्य परिकारले रोग फैलाउने उच्च जोखिम रहेको भन्दै (pork products) ल्याउन वा पठाउन रोक लगाएको छ । ती परिकारले जोखिम निम्तिाएको भन्दै अष्ट्रेलियन सरकारले कडा चेतावनी जारी गरेको हो ।
सरकारका अनुसार बेकन, सलामी, ससिज, ममसहितका मासुजन्य परिकारहरूले रोग फैलाउने उच्च जोखिम राख्छन् । यस कारण यस्ता वस्तुहरू अष्ट्रेलियामा ल्याउनु वा पठाउनु कानुन विपरीत हुने र कडा कारबाहीको भागीदार हुनु पर्ने सरकारले जनाएको छ । बायो सेक्युरिटी विभागद्वारा सार्वजनिक सूचनामा भनिएको छ – “Do not bring or send pork products to Australia – Help protect our animals from disease.”
बायो सेक्युरिटी विज्ञहरूले चेतावनी दिएका छन् कि यस्ता वस्तुहरूले देशको कृषि प्रणाली र पशुपालनमा गम्भीर संकट निम्त्याउन सक्छन् ।
यस्तै सामग्री सहितको इमेजमा“Not OK” लेखिएको संकेत प्रयोग गर्दै जनचेतना अभियान पनि चलाइएको छ । सरकारले यात्रुहरू र सामान पठाउनेहरूलाई आग्रह गरेको छ कि अष्ट्रेलिया प्रवेश गर्नुअघि वा सामान ढुवानी गर्नुअघि कुन वस्तु वैध हो भन्ने जानकारी agriculture.gov.au मा गएर हेर्नुपर्छ।
। नियम उल्लंघन गर्नेलाई जरिवाना, सामान जफत वा कानुनी कारबाही हुन सक्छ।
सजग बनौं, अष्ट्रेलियाको बायो सेक्युरिटीमा साथ दिऔं।
