क्वीन्सल्याण्ड सरकारको नयाँ योजना सार्वजानिक,घर किन्नेहरूलाई ठूलो राहत

क्यानबेरा,क्वीन्सल्याण्ड सरकारले घर खरिदमा सहजता ल्याउने र रियल स्टेट बजारमा सकारात्मक प्रभाव पार्ने साथै नयाँ खरिदकर्ताहरूलाई आकर्षित गर्न नयाँ योजना सार्वजनिक गरेको छ ।  क्वीन्सल्याण्ड सरकारले आउने मे १ तारिखदेखि लागु हुने गरी पहिलो पटक घर किन्न चाहने व्यक्तिहरूलाई स्टाम्प ड्युटी नलाग्ने सुविधा दिने नयाँ योजना सार्वजनिक गरेको  हो ।

यस योजनाअन्तर्गत नयाँ घर किन्न वा निर्माण गर्न चाहने नागरिकहरूले स्टाम्प ड्युटी तिर्नु पर्ने झन्झटबाट छुट पाउनेछन । साथै, योग्य लाभग्राहीहरूले पहिले नै उपलब्ध फर्स्ट होम ओनर ग्रान्ट (First Home Owner’s Grant) पनि प्राप्त गर्न सक्नेछन्।राज्यका प्रिमियर डेविड क्रिसाफुल्लीले भनेका छन्, “हामी क्वीन्सल्याण्डमा घर स्वामित्वलाई सबैका लागि सम्भव बनाउँदैछौं । यो पहल राज्यभरि घर खरिदकर्ताहरूलाई समर्थन गर्ने दिशामा एक ठुलो कदम हो।”

सरकारको यस निर्णयले घर खरिदमा सहजता ल्याउने मात्र होइन, राज्यमा रियल स्टेट बजारमा सकारात्मक प्रभाव पार्ने तथा नयाँ खरिदकर्ताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।