अष्ट्रेलियाली प्रधानमन्त्रीबाट नेपाली समुदायप्रति प्रशंसा

FILE PHOTO: Australian Opposition Leader Anthony Albanese during the second leaders' debate of the 2022 federal election campaign at the Nine studio in Sydney, Australia May 8, 2022. Alex Ellinghausen/Pool via REUTERS/File Photo


ब्रिसबेन — हालै सम्पन्न नेपाल फेस्टिभल ब्रिसबेन २०२५ का अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजीले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको खुलेर प्रशंसा गरेका छन्।प्रधानमन्त्रीले नेपाली समुदायलाई “मेहनती, समर्पित र प्रेरणादायी” भन्दै अष्ट्रेलियाको बहुसांस्कृतिक समाज र समृद्धिमा उनीहरूको योगदान उल्लेखनीय रहेको बताएका छन्।उनले फेस्टिभल सफलतापूर्वक सम्पन्न गरेकोमा एनआरएनए अष्ट्रेलिया र आयोजक टिमलाई बधाई दिँदै, यस्ता कार्यक्रमहरूले समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे।एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रधानमन्त्रीको सन्देशले सम्पूर्ण नेपाली डायस्पोरालाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।