अस्ट्रेलियाको राजधानी क्यान्बेरामा रक्तदान कार्यक्रम सम्पन्न

जनसम्पर्क समिती क्यान्बेराले आयोजना गरेको २ दिने रक्तदान कार्यक्रम अस्ट्रेलियाको राजधानी क्यान्बेरामा सम्पन्न भएको छ।

भनिन्छ नि सेवा नै धर्म हो , अस्ट्रेलियामा रहदै आएका नेपालिहरुले अस्ट्रेलियन समाजलाइ गरेको सहयोगलाई एक उदाहरणका रुपमा हेर्न सकिन्छ।

गत जुन ७ र ८ तारिख( शुक्रबार र शनिबार )आयोजना गरिएको रक्तदान कार्यक्रमले नेपाली समाजको एक्यवद्धता लाई पनि राम्रो संग दर्शाएको छ।

रक्तदान कार्यक्रममा जनसम्पर्क समितीका संयोजक ललित मल्ल ले रक्तदान मा सहभागी सबैलाइ यो पुन्य कर्ममा सहभागी हुनु भएकोमा धन्यबाद पनि व्यक्त गर्नु भएको थियो।

Red Cross House, 3 Dann CI,Garran ACT 2605 मा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान दिइएका थिए जसमा १० जना जतिले प्लाजमा र बाँकिले whole Blood दिनुभएको थियो।

सम्पुर्ण रक्तदाताहरु मध्ये ६०% जति नयाँ र ३६ वर्ष मुनिका रक्तदाताहरु थिए जुन कुरामा रेड्क्रसकि म्यानेजर shally ले उत्साहित हुदै नेपाली कम्युनिटीलाइ धन्यवाद र नेपाली कम्युनिटी समाज प्रती माया दर्शाउनु भएको थियो।

आयोजक संस्था जनसम्पर्क समिती क्यान्बेराले कार्यक्रम सफलताको लागि सहयोग गर्ने आवद्ध संस्था BNCC,BUCC,CNCC,ONF NJSSP,NPPF,
CMS FM AND Himalayan Gorkhas ,Cricket Club, JA Brothers सहित सम्पूर्ण क्यान्बेरा क्षेत्रका सहयोगी मनहरुलाइ धन्यवाद ब्यक्ति गरेको छ।