भव्यताका साथ् समपन्न भयो ब्रिस्बेनमा नेपाल महोत्सव: २०२५

 क्यानबेरा: चोक, बजार,सडकमा विभिन्न जातीय पोशाकमा सजिएका नेपाली र नेपाली कला र संस्कृति बाजागाजा सहितको प्रर्दशनी स्थल बन्यो अष्टेलियाको ब्रिस्बेन शहर । सो सस्कृति प्रर्दशनीको भब्य समारोह थियो –अप्रिल ६मा सम्पन्न नेपाल महोत्सव ।

प्रिमियर डेभिड क्रिसाफोली प्रमुख अतिथिका रूपमा नेपाल फेस्टिभलको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। राजदूत चित्रलेखा यादवसँग दियो बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो। क्रिसाफोलीले क्वीन्सल्याण्डमा बढ्दो नेपाली समुदायको योगदानप्रति आभार व्यक्त गरेका थिए।

राजदूत यादवले भाषा, धर्म, संस्कृति जोगाउन पुस्तान्तरणको आवश्यकता औंल्याएकी थिइन्। एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पाँच शहरमा सफल नेपाल फेस्टिभल सम्पन्न गर्न स्वयंसेवकहरूले गरेको योगदान र अष्ट्रेलियाको अर्थतन्त्रमा पुर्‍याएको प्रभावबारे बताएका थिए।

कार्यक्रममा सभामुख मिल्टन डिकले नेपालको भ्रमण अनुभव साझा गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री एन्थोनी एल्बानिजीको सन्देशमार्फत पनि नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरिएको थियो।

 नेपाल महोत्सव २०२५मा सहभागी कयौं नेपालीले नेपालमा पुगेको अनुभूति गरेका थिए । तेती मात्र नभएर महोत्सवमा आएका धेरै अष्टेलियन नागरिकले पनि नेपाली संंस्कृतिमा रमाएका थिए । विभिन्न जातीय परिकारको पनि चाखेका थिए । 

 नेपाली समुदायद्वारा आयोजित यस सांस्कृतिक उत्सवले नेपाली कला, संगीत, भाषा, र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत गरेको आयोजकले जनाएको छ । बिहानैदेखि रातीसम्म चलेको कार्यक्रमले ब्रिस्बेनलाई नेपालमै परिणत गरेको अनुभूति दिलायो अष्टेलियामा बसोवास गरेका नेपालीहरुले बताएका छन् । 

नेपाल महोत्सव २०२५, ब्रिस्बेन केवल मनोरञ्जनको माध्यम रहेन—यो कार्यक्रम प्रवासी नेपालीहरूको पहिचान, भावना, र संस्कृतिको एकता देखाउने एक ऐतिहासिक सांस्कृतिक मिलन बिन्दु बन्यो।

 जहाँ संगीतले देश सम्झायो, अनि मनले घर भेट्टाएको अष्टेलिया वासी नेपालीले महसुस गरेको बताइन्छ । 

सडकभरि फर्फराएका नेपाली झन्डाहरू, परम्परागत पोशाकमा सजिएका सहभागीहरू, र स्टलहरूमा झल्किएको नेपाली खानपान तथा हस्तकला—सबैले उत्सवलाई एक विशेष गरिमा प्रदान ग¥यो ।

महोत्सवको उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका उच्चस्तरीय राजनीतिक प्रतिनिधिहरूको उपस्थिति देखिएको थियो। अस्ट्रेलियाली प्रिमियरले नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गरेका थिए। नेपाली राजदूतले पनि आत्मविश्वासपूर्वक नेपालको सांस्कृतिक गहिराइलाई प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय मित्रता सुदृढ गर्ने सन्देश दिएको बताएका छन् ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्षले दिएको प्रेरणादायी सम्बोधनले युवाहरूलाई मौलिक पहिचान र संस्कृति प्रतिको जिम्मेवारीप्रति सजग बनाएको थियो। कार्यक्रममा युवा पुस्तादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। साँझपख संगीतको लहरमा झुमिरहेका दर्शकहरूको ऊर्जा उल्लेखनीय थियो ।

ब्रिस्बेनजस्तो बहुसांस्कृतिक सहरमा आयोजित यस कार्यक्रमले केवल नेपाली समुदायलाई एकत्रित गरेन, यो कार्यक्रम नेपालका लागि एक प्रभावशाली सांस्कृतिक कूटनीतिक कदमसमेत सावित भयो।