क्यानबेरा, अष्टेलियाको न्यू साउथ वेल्स (NSW) प्रहरीले विधालय क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेलाई सख्त कारवार्ही गर्ने चेतावनी दिएको छ । नो पार्किङ, नो स्टपिङ, मोबाइल फोन प्रयोग तथा अन्य निषेधित स्थानहरूमा गाडी रोक्ने जस्ता ट्राफिक नियम तोड्नेलाई कडा कारबाही गरिने बताइएको छ।
ट्राफिक नियमः विद्यालय क्षेत्र वरिपरि नियम उल्लंघन नगर्नुहोस्, नत्र जरिवाना र डिमेरिट पोइन्ट लाग्न सक्छ । विद्यालय क्षेत्र बालबालिकाहरूको सुरक्षाका लागि अति संवेदनशील मानिन्छ, जसकारण यहाँ विशेष सावधानी अपनाउन चालकहरूलाई न्यू साउथ वेल्स प्रहरीले अनुरोध निम्न कुराहरुमा अनुरोध गरेको छ ।
१. नो पार्किङ (No Parking)
- बच्चा झार्न वा चढाउन मात्र २ मिनेटसम्म गाडी रोक्न पाइने।
- समयसीमा नाघेमा $२७७ जरिवाना र २ डिमेरिट पोइन्ट।
२. नो स्टपिङ (No Stopping)
- ‘नो स्टपिङ’ क्षेत्रमा गाडी रोकेमा $४१० जरिवाना र २ डिमेरिट पोइन्ट।
३. बस जोन (Bus Zone)
- बस बाहेक अन्य कुनै सवारी साधनले बस जोनमा रोक्न नपाउने।
- नियम तोडेमा $४१० जरिवाना।
४. मोबाइल फोन प्रयोग (Using Mobile Phone While Driving)
- गाडी चलाउँदै मोबाइल चलाएमा $५४४ जरिवाना र ५ डिमेरिट पोइन्ट।
५. स्कुल जोनमा स्पीड सीमा उल्लंघन (Speeding in School Zone)
- ४० किमी/घण्टाभन्दा बढी गतिमा सवारी चलाएमा $४,६४३ जरिवाना र ७ डिमेरिट पोइन्ट।
६. पैदल यात्री क्रसिङमा गाडी रोक्ने वा पार्क गर्ने (Stopping or Parking at Pedestrian Crossing)
- नियम उल्लंघन गरेमा $५४४ जरिवाना।
७. अन्य निषेधित स्थानहरूमा गाडी रोक्ने (Parking in Prohibited Areas)
- ड्राइभवे, इन्टरसेक्शन, फुटपाथ जस्ता स्थानमा गाडी रोकेमा $४१० देखि $५४४ सम्म जरिवाना र २ डिमेरिट पोइन्ट।
ट्राफिक नियमको पालना: सबैको दायित्व
विद्यालय क्षेत्रको सुरक्षा केवल नियम मात्र होइन, हाम्रो सामूहिक जिम्मेवारी पनि हो। ट्राफिक नियम पालना गरी बालबालिकाहरूको सुरक्षामा योगदान पुर्याऔं। सुरक्षित यात्रा, सुरक्षित भविष्य!