क्यानबेरामा नेपाली नयाँ वर्ष वि.स.२०८२ मनाइने

 क्यानबेरा, अस्ट्रेलियाको क्यानबेरामा बसोवास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८२ धुमधामसँग मनाउने तयारी गरेको छ । सनातन समाज अष्ट्रेलियाले वि.स.२०८२ को अवसरमा आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८२ धुमधामसँग मनाउने तयारी गरिएको हो । आजि फाइनान्स एन्ड होम लोनको सहयोगमा हुने नेपाली नयाँ वर्ष २०८२ कार्यक्रम १४ अप्रिल २०२५ दिउँसो २ बजेदेखि राति १० बजेसम्म क्यानबेरामा आयोजना गरिने आयोजक सनातन समाज अष्टेलियाले जनाएको छ ।

 यस कार्यक्रमको मुख्य आकर्षण  चर्चित नेपाली गायक आनन्द कार्की रहनु भएको छ । जसले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत दिएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । साथै, हाइपर ब्यान्डको दमदार प्रस्तुति पनि रहने छ ।  नेपाली समुदायको पहिचान, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्न आयोजित यस कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, बहुसांस्कृतिक प्रस्तुतीहरू,लाइभ संगीत, स्वादिष्ट नेपाली परिकारहरू र विविध व्यापारिक स्टलहरू रहने छन् । प्रवेश निःशुल्क रहेको जसले गर्दा नेपाली समुदायका साथै अन्य संस्कृति र समुदायका व्यक्तिहरूले पनि सहभागी राम्रो हुने आयोजकको विश्वास रहेको छ । 

कार्यक्रमलाई भव्य बनाउन ग्रेस इन्टरनेशनलले गोल्ड स्पोन्सर को रूपमा समर्थन गरेको छ । भने गुडविन र सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेज ले सिल्भर स्पोन्सर को रूपमा साथ दिएका छन्। यसबाहेक, मिडिया पार्टनर, फुड पार्टनर, र विभिन्न समुदायका समर्थकहरूको विशेष सहयोग रहेको छ।क्यानबेरामा रहेका नेपाली तथा नेपाली संस्कृति मन पराउने सबैका लागि यो कार्यक्रम एक अविस्मरणीय सांगीतिक र सांस्कृतिक अनुभव बन्नेछ ।

नयाँ वर्षको उमङ्ग, संगीत, नृत्य, खानपान, र रमाइलोको संगमका रूपमा यो उत्सव सबैका लागि विशेष अवसर हुनेछ । थप जानकारीका लागि sanatansamajaustralia.org मा जान सकिन्छ वा सन्तोष मल्ल (Santosh Malla) लाई ०४३३ ६७७ ०२२ मा सम्पर्क गर्न सकिन्छ।

तपाईं पनि नेपाली नयाँ वर्ष २०८२ को यस भव्य उत्सवमा सहभागी भई रमाइलो गर्न नबिर्सनुहोस्!