राजावादी समुहले गरेको अराजक गतिविधिका कारण अष्ट्रेलियाली नागरिकलाई नेपाल भ्रमण नगर्न  आग्रह 

क्यानबेरा,नेपालमा राजावादी समुहले गरेको अराजक गतिविधिका कारण नेपाल अशान्त क्षेत्र भएको भन्दै अष्ट्रेलिया सरकारले सतर्कता अपनाउनु आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

 काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते राजावादी समुहले गरेको सार्वजानिक सम्पत्ती तोडफोड ,आगजानी जस्ता मानवीय क्षेतिको घटना भएका कारण नेपाल भ्रमण नगर्न अष्ट्रेलिया सरकारले आफना नागरिकलाई अपिल गरेको हो ।

 विदेश मन्त्रालयको तर्फबाट नेपालस्थित अष्ट्रेलियन दूतावासले एक ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा २८ मार्च काठमाण्डौको तीनकुने क्षेत्रमा प्रहरी र प्रर्दशनकारी वीचकोझडका कारण  सरकार भवन,निजी घर,सञ्चार माध्यम तोडफोड एक पत्रकार सहित २ मानिसको मृत्य लगायतका घटना भएका कारण भ्रमणका कार्यक्रम नबनाउन आग्रह गरेको छ ।

२८ मार्च पछि पनि प्रर्दशनकारी र प्रहरी वीच धरपकड हुन सक्ने,तोडफोड हुने, यातायात सेवा अबरुद्ध हुने र अप्रिय घटना घटन सक्ने भन्दै आफ्ना नागरिकहरुलाई स्थानीय सञ्चार माध्यममा घटनाका विषयमा अपडेट रहन पनि अष्ट्रेलिया सरकारले अनुरोध गरेको हो ।

राजावादीहरुले अराजक गतिविधि गरेपछि विदेशीहरुले यसलाई चासोका साथ हेरेका मात्र छैनन आफ्ना नागरिकहरुलाई सकेसम्म नेपालको भ्रमण नगर्न र गर्नपरेको अवस्थामा पनि सावधानी अपनाउन अनुरोध गर्न थालेको सम्वन्धि स्रोतले जनाएको छ ।