पर्यटन र आप्रवासनमा अस्ट्रेलियाको चुनौती

क्यानबेरा,एक अन्तराष्ट्रिय सर्वेक्षणले अस्ट्रेलियालाई मैत्रीपूर्ण राष्ट्रको छवि कायम गर्न पुनर्विचार गर्नुपर्ने सन्देश दिएको छ । विज्ञहरूका अनुसार, पर्यटन र आप्रवासनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा रहेको अस्ट्रेलियाले पर्यटकहरु प्रति आतिथ्यभाव सुधार्ने दिशामा काममा गर्नु पर्ने सन्देश दिएको छ ।


सर्वेक्षणमा सहभागी भएका आप्रवासीहरूले अस्ट्रेलियालाई भ्रमणका लागि मैत्रीपूर्ण देशहरूको सूचीमा २०औं स्थानमा राखेका छन्, जुन अपेक्षाभन्दा कम रहेको बुझिएको छ ।
एक अन्तराष्ट्रिय सर्वेक्षण प्रतिवेदनका अनुसार,बहुसांस्कृतिक पहिचान बोकेको भए पनि अस्ट्रेलियामा प्रवासीहरूले स्थानिय समुदायबाट न्यानोपनको अनुभूति गर्न नसकेको उल्लेख छ । कतिपयले आफूलाई पूर्ण रूपमा स्वीकृत महसुस नगरेको बताएका छन्,जसले समावेशी समाज निर्माणको आवश्यकतालाई उजागर गर्छ ।


अध्ययन अनुसार, बहुसांस्कृतिक पहिचान बोकेको भए पनि अस्ट्रेलियामा प्रवासीहरूले स्थानिय समुदायबाट न्यानोपनको अनुभूति त्यति गर्न सकेनन्। कतिपयले आफूलाई पूर्ण रूपमा स्वीकृत महसुस नगरेको बताएका छन्,जसले समावेशी समाज निर्माणको आवश्यकतालाई उजागर गर्छ ।


समाजमा आपसी समझदारी र सहिष्णुता बढाउन सक्ने उपायहरू खोज्दै, स्थानीय समुदाय र प्रवासीहरूबीचको सम्बuन्ध अझ प्रगाढ बनाउन आवश्यक देखिन्छ । अस्ट्रेलिया जस्तो खुला र अवसरप्रद देशले यो चुनौतीलाई सुधारात्मक अवसरका रूपमा लिनु पर्ने पर्यटन क्षेत्रका जानकारहरुको सुझाव छ ।