अष्ट्रेलियाले सिड्नीको चर्चमा छुरा प्रहार गरेको ग्राफिक फुटेज एलोन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म X बाट हटाउनको लागि कानुनी लडाई त्याग्ने भएको छ।
उक्त घटनालाई प्रहरीले आतंककारी घोषित गरेको छ भने अप्रिलमा विशप मार मारी इमानुएलमा भएको आक्रमणलाई अनलाइन लाइभ स्ट्रिम गरिएको थियो जसको कारण ले गर्दा वेक लि क्राइस्ट द गुड शेफर्ड चर्च बाहिर निकै हुल दंगा निम्त्याएको थियो।
अस्ट्रेलियाको eSafety Commissioner,an independent regulator ले X र अन्य सामाजिक मिडिया कम्पनीहरूलाई ठूलो जरिवाना तिर्नु पर्ने धम्की दिदै यदि उनीहरूले छुरा प्रहारको भिडियोहरू हटाएनन् भने यसले थप हिंसालाई उक्साउन सक्ने कुरा ब्यक्त गरेका थिए।
यो केसलाई सोशल मिडियाका दिग्गजहरूमा आफ्नो अनलाइन सुरक्षा नियमहरू लागू गर्ने अष्ट्रेलियाको क्षमताको परीक्षणको रूपमा हेरिएको थियो।
संघीय अदालतले अस्थायी रूपमा X लाई भिडियोहरू हटाउन आदेश दिएको भए ता पनि X ले आदेश मान्य नभएको भन्दै पालना गर्न अस्वीकार गरेको थियो।
पछी X ले उक्त भिडियोलाई अस्ट्रेलियामा ब्यान्ड गरेको थियो तर प्रयोगकर्ताहरूले सजिलैसँग VPN प्रयोग गरेर यस्लाइ हेर्ने गर्दथे ।
मस्क ले e-safety कमिस्नर को आलोचना गर्दै उनलाइ सेन्सरसीप कमिस्नर भनेका थिए त्यस्को प्रती उत्तरमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मस्कलाई ‘अहंकारी अर्बपति’ भनेका थिए
बुधवारको एक विज्ञप्तिमा, इनमान-ग्रान्टले सम्पुर्ण कुराहरु लाई मध्यनजर गर्दै भनिन्, “हाम्रो एकमात्र लक्ष्य अत्यन्त हिंसात्मक फुटेजलाई भाइरल हुनबाट जोगाउनु थियो, सम्भावित रूपमा थप हिंसालाई उक्साउने र अष्ट्रेलियाली समुदायलाई थप हानि पुर्याउन बाट जोगाउनु अनि विशेष गरि बालबालिकाहरुलाइ अन्लाईन सामाजिक सुरक्षामा हुने असरबाट जोगाउनु रहेको थियो ।
तर यो कुरा को कानुनी लडाइ आझै लम्बिदै जाने हो भने सामजुक सन्जाल्मा झन बडि फैलिएर जाने देखिन्छ त्यसैले यो कानुनी लडाइ त्याग्ने भएको कुरा उनले व्यक्त गरेकी थिइन् ।