अस्ट्रेलियामा अवैधरुपमा माछा मारेको आरोपमा इन्डोनेसियाली नागरिक दोषी ठहर 

क्यानबेरा,सात इन्डोनेसियाली नागरिकलाई अस्ट्रेलियाली जलक्षेत्रमा अवैधरुपमा माछा मारेको आरोपमा दोषी ठहर गरेको छ । अस्ट्रेलियाको डार्विन लोकल अदालतले जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेको प्रमाणको आधारमा तिनीहरुलाई दोषी ठहर गरेको हो । क्रोकर टापु नजिक अस्ट्रेलियाली अधिकारीहरूले अवैध माछा मार्ने गतिविधि गर्दै गर्दा यी व्यक्तिहरूलाई पक्राउ गरेको डार्विन अदालतले जनाएको छ । 

अधिकारीहरूले इन्डोनेसियाली डुङ्गालाई पहिचान गरी नियन्त्रणमा लिएको र घटनास्थलबाट ३ सय ३९ वटा सार्कको फिन,थोप्रा माछा मार्ने सामाग्री र नुन बरामद गरेका थिए । यी सामाग्री माछाहरूलाई प्रशोधन र संरक्षण गर्न प्रयोग गरिन्थ्यो।पक्राउ परेका चालक दलका सदस्यहरूको थप अनुसन्धान अस्ट्रेलियाली मत्स्यपालन व्यवस्थापन प्राधिकरण AFMA द्वारा   डार्विनमा गरिएको थियो । अस्ट्रेलियाली अधिकारीहरूले सबै माछा मार्ने गतिविधिहरूलाइ Fisheries Management Act !(Cth)अन्तर्गत गैरकानुनी ठहर गर्दै आरोप लगाएका छन्।

अदालतले दोषी ठहर गरिएका इन्डोनेसियाली नागरिकहरूको सजाय सुनाएपछि उनीहरूलाई चाँडै आफ्नो घर देश इन्डोनेसियामा फर्काइने तयारी भइरहेको छ।यस घटनाले अस्ट्रेलियामा अवैध माछा मार्ने कार्यप्रति कडा निगरानी र कानुनी कारबाहीको स्पष्ट संकेत दिएको छ। नेपाली समुदायका लागि पनि यो समाचार महत्त्वपूर्ण हुन सक्छ, किनभने अस्ट्रेलियामा व्यवसायिक तथा व्यक्तिगत रूपमा माछा मार्ने गतिविधि कानुनी दायराभित्र रहेर गर्नुपर्छ। अवैध माछा मार्ने घटनाहरूले अस्ट्रेलियाको जैविक विविधता, वातावरण, र मत्स्य उद्योगमा गम्भीर असर पार्न सक्छ, जसले समुद्रसँग जोडिएको व्यवसाय गर्ने नेपालीहरूलाई पनि असर पार्न सक्छ।