क्यानबेरामा मार्च २२मा हुने नेपाल फेष्टिवलको अन्तिम तयारी 

क्यानबेरा : अष्टेलियाको राजधानी क्यानबेरामा  यहि मार्च २२ तारिखका दिन हुने नेपाल फेष्टिवल क्यन्बेर्रा को  सम्पूर्ण तयारी पूरा भएको   छ । नेपाल फेष्टिवलको पूर्व तयारीहरु अतिथि,सहभागी निमन्त्रण, हल ब्यवस्थापन,साउण्ड स्टिम लगायतको सम्पूर्ण तयारी पुरा भएको  गैरआवासीय नेपाली संघ (एनआरएनए) एससीसी एसीटीले जनाएको छ। 

 नेपाल फेस्टिबल क्यानबेरा स्थित  स्टेज ८८, कमनवेल्थ पार्कमा  आयोजना गरोनेछ फेष्टिवलमा नेपाली परम्परागत झाँकी,कुमारी रथ यात्रा , नेपाल हाउस  ,पञ्चेबाजाको धुन  सहितको भव्य परेडको आयोजना गरिने छ ।

यो  फेष्टिवल क्यानबेरा र वरिपरिका नेपाली समुदायका लागि मात्र नभई, बहुसांस्कृतिक समाजका लागि पनि एक महत्त्वपूर्ण अवसर हुनेछ । फेष्टिवल  बिहान   १०ः०० बजे  को   परेड  बाट सुरु हुनेछ जसमा १ हजार भन्दा बढी नेपाली सहभागी हुने आयोजकको आँकलन रहेको छ । 

नेपाली संस्कृति र नेपाली मौलिक खानाको स्वाद अष्टेलियन नागरिकलाई चखाउने आयोजकले जनाएको छ । फेष्टिवलको मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोन रहेको छ । कार्यक्रममा चर्चित नेपाली ब्यान्ड कन्दराको प्रस्तुति र प्रख्यात गायक शिव परियार, गायिका समिक्षा अधिकारी लगायत क्यानबेरा मा रहेका स्थानीय   कलाकारहरूको पनि प्रस्तुति रहने बताइएको छ । 

बालबालिकाका लागि विशेष खेल्ने स्थानको व्यवस्था गरिने छ । जसले कार्यक्रमलाई पारिवारिक माहोलमा रमाउन सहज बनाउने बुझीएको छ । आयोजकले नेपाल फेष्टिवलमा अष्ट्रेलियन नागरिक र अष्ट्रेलियामा बसोवास गर्ने नेपालीलाई खुल्ला निम्तो गरिसकेको छ । विभिन्न जातजातिका भेषभूषा र झांकीका साथ नेपालका विविधताहरू प्रस्तुत गरिने  नेपाल फेस्टिबल क्यानबेरा भब्य र सबय रुपमा समपन्न गर्न आयोजकले सम्पूर्णमा अनुरोध पनि गरेको छ |