अस्ट्रेलिया सरकारले फिजी लगायतका साना टापु देशका विधार्थी लागि भिसाको आवदेन शुल्क ५० प्रतिशत घटाउने

क्यानबेरा,अस्ट्रेलिया सरकारले फिजी लगायतका साना टापु देशहरुवाट आउने विधार्थीलाई मध्यनजर गरी विधार्थी भिसाको आवदेन शुल्क ५० प्रतिशत घटाउने भएको छ ।

 फिजी,पपुवा न्यूगिनी, टिमोर लिष्ट, भानुआटी, सिमओ लगायत स–साना टापु देशहरुवाट अस्ट्रेलिया पढन आउने विधार्थीको आवेदन शुल्कमा ५० प्रतिशत घटाउने भएको हो । ती देशहरुबाट नगन्य मात्रामा विद्यार्थीहरु अस्ट्रेलिया पढन आउने गरेका छन् ।

 त्यसो हुदा अस्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफिर्यसले विभिन्न १३ देशबाट दिईने विद्यार्थी भिसाको आवेदन शुल्क ५० प्रतिशतले घटाउने सरकारको निर्णय छ । यो निर्णय यही मार्च २२ तारिखबाट लागू हुने व्यवस्था अन्र्तगत विद्यार्थी भिसाको आवेदन शुल्क १हजार६ सय डलरबाट ७ सय १० कायम गरिएको छ ।

विद्यार्थी भिसाको सबक्लास ५०० र विद्यार्थीको अभिभावक भिसा सबक्लास ५९० का लागि आवेदन शुल्क भारी मात्राले घटाईएको जनाईएको छ ।

तर, अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी भिसाको आवेदन पर्ने चीन, भारत, नेपाल, फिलिफिन्स, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनिसा लगायतका देशहरुलाई भने यथावत राखिएको छ । विद्यार्थी भिसाको आवेदन शुल्क नै अत्यधिक महँगो भएपछि आवेदन समेत कम पर्न थालेको पछिल्लो तथ्यांकहरुले देखाएको छ ।