क्यानबेरा,अस्ट्रेलियामा आप्रवासीहरुले स्यायी बसोवासका लागि भिसा आवेदनको झुटो विवरण पेश गर्ने गरेको घटना सार्वजानिक भएको छ ।आप्रवासीहरुले अस्ट्रेलियाको तास्मानियाको होबार्ट र डेभनपोर्ट शहरमा झुटो विवरण पेस गरी स्थायी बसोबास (पीआर) भिसाको आवेदन दिने गरेको घटना सार्वजानिक भएको हो ।
अस्ट्रेलियन बोर्डर फोर्स (ABF) ले तास्मानियाको होबार्ट र डेभनपोर्टमा झुटो विवरण पेस गरी स्थायी बसोबास (पीआर) भिसाको आवेदन दिएका केही व्यक्तिहरूको पहिचान खुलेको जनाएको छ । विशेष अनुसन्धानपछि अस्ट्रेलियाको भिसा र आप्रवासन प्रणालीको दुरुपयोग गरिएको थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।
ABF को छड्के अपरेसनका क्रममा तास्मानियाका विभिन्न कम्पनीहरूको भेरिफिकेसन गर्दा ‘फ्यान्टम’ (नक्कली) मनोनयन तथा रोजगारदाता मनोनयन योजनाअन्तर्गत ठगीपूर्ण आवेदन दर्ता गरिएका तथ्य फेला परेको छ । अनुसन्धानका क्रममा पाँच व्यवसायहरू अस्तित्वमै नरहेको पुष्टि भएको छ ।
साथै, नक्कली आवेदन कागजात, बनावटी भाडा सम्झौताहरू तथा वैध व्यवसायहरूको नाम दुरुपयोग गरिएको प्रहरीले जनाएको छ ।अस्ट्रेलियन बोर्डर फोर्सले आप्रवासन प्रणालीको विश्वसनीयता कायम राख्न यस्ता निगरानी अपरेसनलाई निरन्तरता दिने बताएको छ छ । आप्रवासनसम्बन्धी अपराध वा शंकास्पद गतिविधिबारे जानकारी भएमा (Border Watch )मार्फत अनलाइन उजुरी दिन र उनीहरुको नाम गोप्य राखिने अस्ट्रेलियन बोर्डर फोर्सले जनाएको छ ।





