स्वर्गीय पत्रकार पुडासैनीको पारिश्रमिक उहाँको परिवारलाई उपलब्ध नगराए प्राइम टाइम टेलिभजनका विरुद्ध कडा आन्दोलन

स्वर्गीय पत्रकार पुडासैनीको पारिश्रमिक उहाँको परिवारलाई उपलब्ध नगराए प्राइम टाइम टेलिभजनका विरुद्ध कडा आन्दोलनप्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले स्वार्गीय पत्रकार श्याम सुन्दर पुडासैनीको पारिश्रमिक उहाँको परिवारलाई हस्तान्तरण प्राइम टाइम टेलिभजन सञ्चालक समक्ष माग गरेको छ ।


दिवंगत पत्रकार पुडासैनीले प्राप्त गर्नु पर्ने सम्झौता बमोजिमको पारिश्रमिक वापतको १० लाखको चेक दिएको रकम पुडासैनीको परिवारलाई उपलब्ध गराउन प्रेस चौतारी एशोसिएट प्रदेशले माग गरेको हो । टेलिभिजनका सञ्चालक तथा पत्रकार ऋषि धमलाले पटक–पटक स्वर्गीय पुडासैनीका दाजुलाई रकम भुक्तानी दिने आश्वसन दिए पनि हाल सम्म रकम भुक्तानी नदिएको प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशका महासचिव मनोज न्यौपाने द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको मागलाई वेवास्ता गर्दै स्वार्गीय पत्रकार श्याम सुन्दर पुडासैनीको पारिश्रमिक उसको परिवारलाई उपलब्ध नगराएमा संगठनले प्राइम टाइम टेलिभजनका विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्र्ने महासचिव न्यौपाने द्धारा जारी विज्ञप्तीमा चेतावनी दिएको छ । पत्रकार श्याम सुन्दर पुडासैनी प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको पूर्व उपाध्यक्ष हुन ।