तास्मानियाको होबार्टमा लाइभ दोहोरी हुने

तास्मानियाको होबार्टमा जुन ७ तारिखका दिन लाइभ दोहोरी हुने भएको छ। बि एण्ड बी र दिदीबहिनीको इभेन्टको आयोजनामा हुन लागेको यश कार्यक्रम शुक्रबार साझ ५ बजेबाट दि चोक नेप्लिज फस्ट पप होबार्टमा लाइभ दोहोरी कार्यक्रम हुने लोक दोहोरी प्रतिष्ठान अष्ट्रेलियाकी वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बिन्दु पौडेलले जानकारी दिनुभएको छ।
होबार्टमा हुने लाइभ दोहोरीका लागि कलाकारहरू रमेश बिजी, गणेश गुरुङ, दिपकराज विश्वकर्मा, आवृत्ति भुसाल, शोभा कार्की, कोपिला मगर, गायक तथा संगितकार रोशन रेग्मी र गोविन्द मधुर आचार्य होबार्ट आउने उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो।
नेपाली कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरेको उक्त लाइभ दोहोरी कार्यक्रममा प्रवेश शूल्क १५ अष्ट्रेलियन डलर निर्धारण गरिएको उहाँको भनाइ रहेको छ।
विशुद्ध सांगीतिक कार्यक्रम भएकाले तास्मानियावासी नेपाली लोक संगितलाई माया गर्ने सबैलाई सहभागिता जनाइदिन उनले अनुरोध गर्नुभएको  छ।
तास्मानियामा अरू कार्यक्रम भइराखेका हुन्छन्। हामीले केही फरक शैलीको कार्यक्रम गर्ने प्रयास गरेको छौँ, उहाँ ले भन्नू भयो।