एजेन्सी । भारतीय क्रिकेटर र बलिउड अभिनेत्रीहरुको अफ्यर्सको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसै क्रममा पछिल्ला केहि दिनहरुमा क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको अफ्यर्सको चर्चा चलिरहेको छ ।
सामाजिक सञ्जालमा अभिनेत्री माहिरा शर्मा र क्रिकेटर मोहम्मद सिराज केवल साथी मात्र होइनन् भन्ने हल्ला चलिरहेको छ । रिपोर्ट अनुसार दुवै जना एकअर्कालाई डेट गरिरहेका छन् ।
वास्तवमा, सिराजले हालै माहिराको इन्स्टाग्राम पोस्टलाई लाइक गरेपछि डेटिङको हल्ला फैलिएको थियो र दुवैले प्लेटफर्ममा एकअर्कालाई फलो गर्न पनि थालेका थिए । तर माहिराले भने यो हल्ला बारे आफ्नो मौनता तोड्दै आफूले कसैसँग डेट नगरेको बताएकी छन् ।
माहिराले एक अन्तर्वार्तामा आफ्नो ध्यान काममा केन्द्रित रहेको बताएकी थिइन् । यसअघि माहिराकी आमा सानिया शर्माले आफ्नी छोरीसँग सम्बन्धित यी समाचारहरू गलत भएको भन्दै खण्डन गरेकी थिइन् ।
क्रिकेटर सिराज हाल भारतको राष्ट्रिय टिम बाहिर रहेको र आउँदै गरेको आईपीएलको तयारीमा व्यस्त रहेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरबाट आइपीएल खेलिरहेका सिराज यस सिजन गुजरात टाइटन्सबाट खेल्दै छन् । सिराजलाई गुजरातले मेगा अक्सनमा १२.२५ करोडमा किनेको थियो ।






