अष्ट्रेलियामा नेपाली समुदायका उद्यमी म्याक्स बाबुलाई न्यू साउथ वेल्स सरकारद्वारा सम्मान

क्यानबेरा : पाली व्यवसायी तथा समाजसेवी म्याक्स बाबु (महेश प्रसाई) अष्ट्रेलियामा न्यू साउथ वेल्स (NSW) का प्रमुख मन्त्री क्रिस मिन्सबाट विशेष सम्मान प्राप्त गरेका छन्। नेपाली उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका उनलाई एक विशेष समारोहमा सम्मानपत्र प्रदान गरिएको हो।

२००८ मा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका म्याक्स बाबु हाल व्यवसायिक क्षेत्रमा स्थापित नाम हुन्। एभरेस्ट बुचरी लगायतका प्रतिष्ठित ब्रान्डहरू मार्फत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएका उनले नेपाली स्वादलाई विश्व बजारसम्म पुर्याउनुका साथै धेरैलाई रोजगारीको अवसर समेत सिर्जना गरेका छन्।

व्यवसायिक सफलतासँगै उनी सांगीतिक क्षेत्रमा पनि सक्रिय छन्। हजारौं दर्शकलाई मन्त्रमुग्ध पार्ने प्रस्तुति दिने उनले लुक्ला टिभी को सञ्चालकका रूपमा प्रवासमा रहेका नेपालीका मुद्दाहरू उजागर गर्दै आएका छन्।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै, उनले नयाँ आएका नेपालीहरूलाई मार्गदर्शन र सहयोग गर्दै आएका छन्। अष्ट्रेलियामा नेपाली पहिचान प्रवद्र्धन गर्न उनले पु¥याएको योगदान अतुलनीय छ।

हाल म्याक्स बाबु अष्ट्रेलियामै छायांकन भइरहेको चलचित्र ‘पीआर’ मा कलाकारको भूमिकामा देखिन लागेका छन्। शोभित बस्नेतको निर्देशनमा निर्माण भइरहेको यो चलचित्र सन्देशमूलक हुने बताइएको छ।

नेपाली समुदायका लागि प्रेरणाका स्रोत बनेका म्याक्स बाबु को योगदानले अष्ट्रेलियामा नेपाली पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ। व्यवसाय, संगीत, मिडिया र समाजसेवामा सक्रिय उनको नेतृत्व सम्पूर्ण नेपाली डायस्पोराका लागि गर्वको विषय बनेको छ।