कोठाभाडामा आएको गिरावटले अस्ट्रेलिया वासी र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायहरूलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियामा घरजग्गाको मुल्य घट्न थालेपछि, कोठाभाडा सस्तो र सहज हुने अपेक्षा गरिएको हो । कोर लजिकले सार्वजनिक गरेको पछिल्लो मासिक प्रतिवेदन अनुसार अस्ट्रेलियाका प्रमुख शहरहरूका घर र अर्पाटमेन्टहरूको मुल्य दुई महिनामा घटेको देखिएको छ ।
सिड्नी र मेलर्बन जस्ता ठूला शहरहरूमा क्रमशः ०.४% र ०.६% ले घरभाडा घटेको कोर लजिकले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०२४ को डिसेम्बर महिनाको पहिलो सातादेखि सुरु भएको यो गिरावट जनवरी महिनाभरि जारी रहयो । सिड्नीमा अहिले पनि घरको औसत मुल्य ११ लाख डलरभन्दा बढी छ तर विशेषज्ञहरूले यो मुल्य थप घट्न सक्ने जनाएका छन् ।
यस गिरावटसँगै, सिड्नीका नागरिकहरूले आफ्नो आम्दानीको ३३% सम्म कोठा भाडामा खर्च गर्दै आएका थिए । कोठाभाडामा आएको गिरावटले जुन अहिले केही राहत मिलेको बुझीएको छ ।पाँच वर्षको अवधिमा अस्ट्रेलियाका प्रमुख शहरहरूमा कोठाभाडा ३७% ले बढेको थियो ।
