एजेन्सी । फेब्रुअरी ११ मा विश्वभर ‘प्रमिस डे’ मनाइन्छ, जुन प्रणय दिवस (Valentine’s Week) अन्तर्गतको पाँचौँ दिन हो । यो दिन प्रेम, मित्रता र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउनका लागि एकअर्कासँग वाचा गर्ने विशेष अवसर हो ।
प्रमिस डे प्रेमीहरूका लागि मात्र नभई साथीभाइ तथा परिवारका सदस्यहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । सम्बन्धमा विश्वास, इमानदारी र समर्पणलाई प्रगाढ बनाउन साँचो मनले गरिएको प्रतिज्ञाको विशेष भूमिका हुन्छ । यस दिन मानिसहरूले आफ्ना प्रियजनलाई कहिल्यै नछोड्ने, सधैँ साथ दिने र इमानदार रहने प्रतिज्ञा गर्छन् ।
प्रमिस डे’को महत्त्व
सम्बन्धलाई मजबुत बनाउन भरोसा, इमानदारी र समर्पणको आवश्यकता हुन्छ । कुनै पनि प्रेम सम्बन्धमा साँचो मनले गरिएको वाचा निभाउनु अति आवश्यक छ । प्रेमी-प्रेमिकाले मात्र नभई साथीभाइ तथा परिवारका सदस्यहरूले पनि एकअर्कालाई साथ दिने वाचा गर्ने गर्छन् । यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँछ ।
प्रमिस डे’मा गरिने केही महत्वपूर्ण वाचाहरू
– ‘म सधैँ तिम्रो साथ दिन्छु, कुनै पनि परिस्थितिमा तिमीलाई एक्लो महसुस हुन दिने छैन ।’
– ‘तिमीलाई माया गर्न कहिल्यै रोक्दिन, मेरो माया दिनप्रतिदिन बढ्नेछ ।’
– ‘म जहिले पनि तिमी प्रति इमानदार र वफादार रहनेछु, विश्वास कहिल्यै तोड्दिन ।’
– ‘हामी खुसी रहनको लागि सँगै मिहिनेत गर्नेछौँ, हरेक समस्याको समाधान खोज्नेछौँ ।’
– ‘म जहिले पनि तिमीलाई बुझ्ने प्रयास गर्नेछु, तिम्रा भावनालाई महत्त्व दिनेछु ।’
यस दिन कसरी विशेष बनाउन सकिन्छ ?
– आफ्नो प्रेमी, साथी वा परिवारका सदस्यलाई सानो उपहार दिएर वाचा पूरा गर्ने प्रतिज्ञा गर्नु ।
– पत्र वा सन्देशमार्फत आफ्ना भावनाहरू व्यक्त गर्दै सम्बन्धलाई अझ मजबुत बनाउनु ।
– महत्वपूर्ण वाचा गर्ने र भविष्यमा त्यसलाई निभाउने प्रण गर्नु ।
प्रमिस डे मात्र औपचारिक रूपमा वाचा गर्ने दिन नभई साँचो माया र समर्पणको प्रतीक हो । एकअर्का प्रति इमानदार रहनु, साथ दिनु र मायालाई सधैँ जोगाइ राख्नु नै सम्बन्धलाई सुदृढ बनाउने आधारभूत कुराहरू हुन् । यो विशेष दिन प्रेम, मित्रता तथा पारिवारिक सम्बन्धको सुदृढीकरणका लागि महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
