पाथीभरा केबलकार विवाद : सरकारी पक्ष र आन्दोलनरतबीचको वार्ता विनानिष्कर्ष टुङ्गियो

माघ २८, २०८१ काठमाडौँ: ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

‘आइतबारको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,’ सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।वार्तापछि गृह मन्त्रालयले आइतबार राति विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।