सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन्। शोभित बस्नेतको निर्देशनमा तयार हुने यो फिल्म उनको ३१ औं निर्देशनात्मक प्रयास हुनेछ।
२७ वर्षअघि ‘राजकुमार’ फिल्ममार्फत निर्देशन क्षेत्रमा प्रवेश गरेका बस्नेतको पछिल्लो फिल्म ‘बद्रीबहादुर’ हो। अहिले अस्ट्रेलियामा छायांकन तयारीमा जुटेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका छन्।
फिल्मको छायांकन ११ फेब्रुअरीदेखि सुरु हुने जानकारी दिएका छन्। यो फिल्म रन्जित शाहको आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र लेन-वे डम्प्लिङ सिड्नीले प्रस्तुत गर्दैछन्। पोस्टरमा फिल्मका कलाकारहरूको नाम र अन्य जानकारी प्रस्तुत गरिएको छ।
पोस्टरमा प्रमुख कलाकारहरूमा आरए सुरज पौडेल, विनिता कार्की, आश्मा अधिकारी, पूजा चौधरी र राजन कुँवरलाई फिचर्ड गरिएको छ। निर्देशक बस्नेतका अनुसार, यी कलाकारलाई अडिसन मार्फत चयन गरिएको हो





