सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो

माघ १७, २०८१ काठमाडौँ: बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ६० हजार ५ सय रहेको छ । त्यसो त यसअघि बुधबार चाँदीको मूल्य १ लाख ६० हजार ६ सय रहेको थियो ।यता चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ हजार ८ सय ५५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ८ सय ८५ कायम भइ कारोबार भइरहेको छ ।