पश्चिम् सिड्निमा कार दुर्घटनामा परि एक १८ वर्षकी युवतीको ज्यान गयेको छ।बिहिबार राती करिब ११:१५ बजे घटेको उक्त घटनामा ४ जना यात्रुहरु पनि सवार रहेका थिए।
Wetherill Park को Horsley Drive क्षेत्रमा गाडी चलाउदा रुखमा ठोक्किएर उक्त घट्ना घटेको त्यहाका स्थानिय प्रहरीले बताए। दुर्घटनाको प्रभाव यति ठूलो थियो कि कारका केही भागहरु दुर्घटना स्थलबाट लगभग १०० मिटर टाढा पुगेका थिए। गाडीमा मृतक युवती संग ४ जना यात्रुहरु १६ र १७ बर्षका किशोर र १७ र १९ बर्षकि २ किशोरीहरु सवार थिए भने गाडी दुर्घटनामा अगाडि बस्ने एक जाना पुरुष गम्भीर घाइते भयेका छन। बाकी ३ जना यात्रु हरु समान्य घाइते भएका छन।

उनिहरुलाइ Liverpool र Westmead हस्पिटलमा भर्ना गरिएको छ। गाडीचालक युवती को भने घटना स्थल मै मृत्युु भयेको थियो । NSW मा पि- प्लेटर ड्राइभर हरुलाइ कारमा एकजना ब्यक्तिसङ मात्र ड्राइभिङ गर्न अनुमती छ तर ती युवती संग भने ४ जना यात्रुहरु सवार रहेको कुरा त्यहाँ का स्थानियहरुले जानकारी दिइएका थिए।
NSW का सडकहरु मा मात्र १३ दिनमा १६ जनाले ज्यान गुमायेका छन प्रहरिले चालक हरु लाई सावधनी अपनाउन आग्रह गरेका छन भने प्रहरिले उक्त दुर्घटना को अवस्था बारे थप अनुसंधान गरिरहेको छ ।