प्रधानमन्त्रीको क्रियाकलापले एमालेभित्र उकुसमुकुस छ : प्रचण्ड

माघ १०, २०८१ सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको आयु लामो नदेखिए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्नु गलत भएको स्पष्ट गरे।

उनका अनुसार सरकार भ्रष्टाचारीलाई जोगाउन र बिचौलियालाई पोस्न केन्द्रित छ, तर माओवादी केन्द्र सरकार ढाल्ने प्रक्रियामा छैन।

प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि असन्तोष बढेको भन्दै प्रचण्डले संसद अधिवेशन आह्वान गर्न बाध्य भएको सरकारको कदम आलोचना गरे। विपक्षी दलहरूले अब संसदमा जनताका मुद्दा र कानुन निर्माणमा जोड दिने बताए।