क्यानबेरामा नेपाली कला, संस्कृति र साहित्यको वार्षिक उत्सव भव्यरूपमा सम्पन्न

क्यानबेरा, अस्ट्रेलिया – नेपाली कला, संस्कृति र साहित्य प्रतिष्ठान (NKSSP) द्वारा आयोजित वार्षिक उत्सव यर्राबी पन्ड डिस्ट्रिक्ट पार्कमा भव्यताका साथ सम्पन्न भएको छ। यो कार्यक्रम ले नेपाली कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रमको सुरुआत प्रसिद्ध साहित्यकार रामप्रसाद कोईरालासँगको विशेष सत्रबाट गरिएको थियो, जसमा उनले आफ्नो चर्चित कृति “मेरी उनी र म” बारे दर्शकहरूसँग गहन छलफल गरेका थिए। यस अन्तरक्रियाले उपस्थित सहभागीहरूको साहित्यमा रुचि थप बढाएको थियो ।

कार्यक्रम मा सांस्कृतिक प्रस्तुतिहरू, जसमा गीत, नृत्य र परम्परागत कला प्रदर्शनी समावेश थिए, जसले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। विशेष गरी, बालबालिकाहरूको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो र रंगीन बनाएको थियो । सहभागीहरूले स्वादिलो बार्बिक्यु पार्टीको पनि मजा लिएका थिए।

कार्यक्रमको अन्त्यमा, उपस्थित सबैले नयाँ वर्षको शुभकामना आदानप्रदान गरे, जसले सहभागीहरूलाई एकआपसमा जोडेको थियो। प्रतिष्ठानले स्थानीय कलाकार र स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गरी उनीहरूको योगदानको कदर गरेको थियो ।

प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमहरूको आयोजना गर्दै नेपाली कला र संस्कृतिलाई उच्च स्थानमा पुर्‍याउने आफ्नो प्रतिवद्धता व्यक्त गरेको छ। यस कार्यक्रमले क्यानबेरामा रहेका नेपाली समुदायको एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ, र यो दिनलाई सबै सहभागीहरूले सम्झनलायक बनाएका छन्। ।