अस्ट्रेलियामा नेपाली व्यक्तिले चलाएको कार दुर्घटनामा परी नेपालीसहित चार जनाको मृत्यु

पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका ४३ वर्षीय रविन रावलले चलाएको कार दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका छन्।

त्यहाका स्थानीय सञ्चार माध्यम अनुसार रावलले गलत दिशामा गाडी चलाउँदा उनको कार ट्याक्सीसँग ठोक्किएको थियो। उक्त दुर्घटनामा ट्याक्सी चालक (५८ वर्ष) र ट्याक्सीमा सवार दुईजना यात्रु – ८१ वर्षीया महिला र उनकी ५६ वर्षीया छोरीको निधन भएको छ।

रावल सरकारी जागिरमा कार्यरत थिए र दुर्घटनास्थलबाट करिब दुई किलोमिटर पर परिवारसँग बस्दै आएका थिए। दुर्घटनामा रावलको पनि मृत्यु भएको छ।