एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेल हाल आफ्नो प्रेम सम्बन्धलाई लिएर मिडियामा चर्चामा छिन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार, १९ वर्ष कान्छा व्यवसायी निर्वाण बिरलासँगको प्रेम सम्बन्धलाई लिएर उनी समाचारमा आएकी छन् ।
अमीषा पटेलले आफ्नो इन्स्टाग्राममा व्यवसायी र गायक निर्वाण बिरलासँगको एक तस्बिर सार्वजनिक गर्दै ‘दुबई- मेरो डालिङ निर्वाण बिरलासँग रमाइलो साँझ’ लेखेकी थिइन् । उक्त तस्बिरमा उनीहरू एक अर्काको अंगालोमा देखिएका छन् र दुवैले कालो लुगामा कपडा लगाएका छन् ।
यसैबीच निर्वाण बिरलाले यस विषयमा प्रतिक्रिया दिएका छन् र भनेका छन्, ‘अमीषा र म डेट गरिरहेका छैनौं । उनी मेरो परिवारको साथी हुन् र मेरो बुबा उनलाई स्कूलको दिनदेखि चिन्छन् । हामी दुबईमा हाम्रो म्युजिक भिडिओ सुट गर्न गएका थियौं ।’ पछिल्लो समय अमीषा पटेल सुपरहिट फिल्म ‘गदर २’ मा सकीना पात्रको भूमिकामा देखिएकी थिइन् ।






