माल्टामा सडक दुर्घटनामा परी नेपाली युवतीको निधन

काठमाडौं । युरोपेली मुलुक माल्टामा सडक दुर्घटनामा परी महोत्तरीकी २५ वर्षीया गौरीकुमारी बरालको निधन भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ घर भएकी बरालको मृत्यु भएको हो ।

बरालको उपचारका क्रममा मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिए । अध्यक्ष खनालका अनुसार, जनवरी ५ मा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी बरालको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।

मृतकको परिवारसँगको समन्वयमा शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको छ । रोजगारीको सिलसिलामा बराल २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।