सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पुष २५, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० ले बढेर तोलामा एक लाख ५३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा एक लाख ५२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।