काठमाडौं, २३ पुष। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हाल थाइल्याण्डको भ्रमणमा छन्। उनी आफ्नी श्रीमती र छोरीसँग पारिवारिक यात्रामा निस्किएका हुन्।
भ्रमणका क्रममा महानगरपालिकाको कामलाई निरन्तरता दिन उपमेयर सुनिता डंगोललाई कार्यवाहक जिम्मेवारी दिइएको छ। बालेनकी श्रीमती सविना काफ्लेले सामाजिक सञ्जालमार्फत पारिवारिक क्षणहरू साझा गर्दै थाइल्याण्डको समुद्री किनारामा खिचिएका रमाइला तस्बिर सार्वजनिक गरेकी छिन्।
