काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुने गरी नयाँ भाडादरको सूची सार्वजनिक गरेको हो । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।
साथै, मालवाहक गाडीको भाडामा पनि वृद्धि भएको छ । पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक गाडीको भाडा शून्य दशमलव ८१ प्रतिशतले बढाइएको छ भने तराईमा सञ्चालन हुने मालवाहक गाडीको भाडा शून्य दशमलव शून्य पाँच प्रतिशतले मात्र बढेको छ ।
भाडा निर्धारणका लागि १३ वटा सूचक प्रयोग गरिएको विभागले जनाएको छ । यसअघि, २०७९ सालको साउन ३१ गते सार्वजनिक यातायातको भाडा बढाइएको थियो । नयाँ भाडादर अनुसार महँगीले दैनिक जीवनमा थप चुनौतीहरू ल्याउने अनुमान गरिएको छ ।
