आज सुनको मुल्य घट्यो, चाँदीको स्थिर

पुष २१, २०८१ काठमाडौँ: आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य भने स्थीर रहेको छ । आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।