सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पुष १८, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ५ सयले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार सुन तोलामा एक लाख ५१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि बुधबार चाँदी तोलाको १७६५ मा कारोबार भएको थियो ।