अस्ट्रेलियाको शानदार जित ,भारत १ सय ८४ रनले पराजित

चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनको विशाल अन्तरले पराजित गरेको छ। भारतले अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याउँदै पाँचौं दिनको चिया पछि १ सय ५५ रनमा समेटियो।

भारतका यशस्वी जयसवालले ८४ रनको योगदान दिए, तर भारतका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३-३ विकेट लिँदै भारतलाई समेट्न महत्त्वपूर्ण भूमिका खेल्नु भयो। अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा ३ सय ३४ रन बनाएको थियो, जसपछि भारतलाई ३ सय ४० रनको लक्ष्य दिएको थियो।

पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ७४ रन बनाएको थियो, जसपछि भारतले ३ सय ६९ रन मात्र बनाउन सक्यो। यसै क्रममा, मेलबर्नमा १३ वर्षपछि भारतले टेस्ट क्रिकेटमा हार सामना गरेको हो। यसअघि सन् २०११ मा भारतले मेलबर्नमा पराजय भोगेको थियो।

यस जितसँगै अस्ट्रेलियाले पाँच खेलको बोर्डर-गाभस्कर ट्रफी शृङ्खलामा २-१ को अग्रता लिएको छ। शृङ्खलाको पाँचौं र अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा सुरु हुनेछ।