राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं तीन लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताब खाना (शिक्षक) छाउनी मार्ग, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । प्रसाईंले पेन्सनपट्टा बनाइदिने नाममा सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा आयोगले अनुसन्धान सुरु गरेको थियो ।

आयोगको खटिएको टोलीले आज प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरी उक्त रकमसहित कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । प्रवक्ता नरहरि घिमिरेका अनुसार, यस घटनामा थप अनुसन्धान जारी छ ।