गाजलले हाम्रो आँखालाई सुन्दर बनाउँछ, साथै हाम्रो मेकअपलाई पूर्ण रूप पनि दिन्छ। आँखाको आकार सानो होस् वा ठूलो, गाजल लगाउनाले आँखा ठूलो र सुन्दर देखिन्छ। धेरै महिलाहरुले श्रृंगारका रुपमा गाजलको प्रयोग धेरै गर्ने गर्छन् ।
गाजललाई आँखाको मेकअपका लागि मात्र प्रयोग गर्न सकिँदैन तर यसलाई आँखाको समग्र सौन्दर्य बढाउन पनि प्रयोग गर्न सकिन्छ। के तपाईलाई थाहा छ आँखाको सौन्दर्य बढाउनका लागि दैनिक गाजल लगाउनाले आँखालाई धेरै प्रकारका हानी हुन सक्छ ।वास्तवमा, बजारमा पाइने गाजलमा विभिन्न प्रकारका रसायनिक पदार्थहरु मिसाइएको हुन्छ । गाजलमा पारा लेड र प्याराबेन्स नामक तत्वहरु हुन्छन् ।
जसले आँखामा कन्जक्टिभाइटिसको समस्या आउँछ । यसले आँखामा एलर्जी, कार्नियल अल्सर र डाई आईजको समस्या पनि निम्त्याउँछ । यसले आँखाभित्र सुन्निने समस्या ल्याउँछ ।यदि तपाई पनि आँखाको सौन्दर्य बढाउन दैनिक गाजल लगाउनु हुन्छ भने घरमै बनाएको गाजल प्रयोग गर्नुहोस् । घरमा बनाइएको गाजल प्राकृतिक हो, जसले आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन् । आउनुहोस् घरमै गाजल बनाउने तरिका जानौं।
घरमा नै बनाउनुस् यसरि केमिकल नभएको गाजल
सबैभन्दा पहिले दियो बाल्ने । यसपछि कचौराले आधा छोप्ने । त्यसपछि प्लेटमा थोरै घ्यू लगाएर कचौरालाई अड्याएर राख्ने । त्यसपछि २० देखि ३० मिनेटपछि कालो भागलाई निकालेर एउटा बट्टामा राख्ने । त्यसमा एक थोपा नरिवलको तेल मिसाएर राख्ने । यसरी घरमा नै गाजल तयार पार्न सकिन्छ
यसरि बनाएर लगाएको गाजलले तपाईको आँखालाई कुनै पनि प्रकारले हानी गर्दैन ।
